नेभिगेशन
समाचार

देवानगञ्जमा युवक घाइते घटना : व्यक्तिगत रिसइबीको आशंका, दुईजना पक्राउ

विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–१ का २३ वर्षीय निरजकुमार यादवमाथि व्यक्तिगत रिसइबीका कारण आक्रमण भएको हुन सक्ने प्रहरीले जनाएको छ ।

घटनामा संलग्न भएको आरोपमा प्रहरीले देवानगञ्ज गाउँपालिका–२ का दुईजनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी चन्द्रबहादुर खड्काका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा व्यक्तिगत रिसइबीका कारण यादवमाथि आक्रमण भएको हुन सक्ने देखिएको हो । पक्राउ परेका दुवैजनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुनसरी ल्याइँदै गरिएको उनले बताए ।

यादवको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । उनी बोल्न सक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ । यादवको दाहिने तिघ्रामा चोट लागेको छ ।
चोटको प्रकृति र अवस्था एक्सरे गरेपछि मात्रै यकिन हुने डीएसपी खड्काले बताए ।

प्रहरीले पक्राउ परेका व्यक्तिहरूको नाम भने सार्वजनिक गरेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी खड्काले जानकारी दिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार