नेभिगेशन
समाचार

प्रहरीले भन्यो- देवानगञ्ज घटनामा गोली चलेको छैन, दुईजना नियन्त्रणमा

धरान । सुनसरीको देवानगञ्ज गाउँपालिका–१ का २३ वर्षीय निरजकुमार यादवमाथि व्यक्तिगत रिसइबीका कारण शनिबार भएको आक्रमणको घटनामा गोली नचलेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीले प्रेस विज्ञप्ति जारी गर्दै सामाजिक सन्जाल र सञ्चार माध्यममा गोली प्रहारबाट मानिसको मृत्यु, घाइते भएको भनी समाचार सम्प्रेषण भएको पाइएकाले यथार्थ बुझी समाचार सम्प्रेषण गर्न प्रहरीले आग्रह गरेको छ । 

दुई समूहबीच झडप हुँदा घाइते यादवको पुट्ठामा चोट लागेको प्रहरीले उल्लेख गरेको छ । 

प्रहरीका अनुसार घाइतेको स्वास्थ्य अवस्था मध्यम रहेको छ । घटनामा संलग्न देवानगन्ज-२ का विष्णुकुमार यादव र लाली भन्ने जयकृष्ण यादवलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ । 

1000237292-1789833083.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार