नेभिगेशन
समाचार

दरैयाबाट २ लाख २६ हजारको अवैध सामान बरामद

विराटनगर । विराटनगरको दरैया सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले भन्सार छली नेपाल भित्र्याउँदै गरेको २ लाख २६ हजार ६ सय ८५ रुपैयाँ बराबरको सामान बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल बीओपी दरैयाबाट खटिएको टोलीले बुधबार सीमा क्षेत्रमा जाँच गर्ने क्रममा २५ कार्टुन अनार, १५ बोरा सुकेको खुर्सानी र २५० किलो चिनी बरामद गरेको हो ।
प्रहरीले सामान ओसारपसारमा प्रयोग भएको एउटा सिटी सफारीसमेत नियन्त्रणमा लिएको जनाएको छ ।

बरामद सामानको भन्सार मूल्य २ लाख २६ हजार ६ सय ८५ रुपैयाँ कायम गरिएको छ । आवश्यक कारबाहीका लागि बरामद सामान विराटनगर भन्सार कार्यालय, मोरङमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार