नेभिगेशन
समाचार

सप्तकोशी नदीमा वर्षकै अत्यधिक वहाव, २ लाख ८४ हजार क्युसेक नाघ्यो

सुनसरी । सप्तकोशी नदीको वहाव यो वर्षकै सबैभन्दा बढी मापन गरिएको छ । शुक्रबार राति सवा ८ बजे कोशी ब्यारेजमा मापन गरिएको नदीको वहाव २ लाख ८४ हजार ९ सय ९५ क्युसेक पुगेको छ ।

कोशी ब्यारेज स्रोतका अनुसार ब्यारेजका ३८ वटा ढोका खोलिएको छ । कोशी नदीको वहाव बढ्दो क्रममा रहेको छ । ब्यारेजमा रातो बत्ती (रेड अलर्ट) बालिएको छ । 

यसअघि जुलाई २० तारिकमा कोशी नदीको बहाव सबैभन्दा बढी २ लाख ५५ हजार ४ सय २५ क्युसेक पुग्दा ब्यारेजका ३४ वटा ढोका खोलिएको थियो । 

बिहीबार साँझ सवा ५ बजे १ लाख ८५ हजार १ सय ३० क्युसेक हुँदा ब्यारेजका २३ वटा ढोका खोलिएकामा बहाव निरन्तर  वृद्धि हुँदै झण्डै ३ लाख क्युसेकको नजिक पुगेको हो ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, प्रमुख सचिव नारायण भट्ट, सुरक्षा निकायका प्रमुखहरू सहितले आज साँझ कोशी ब्यारेज क्षेत्र निरीक्षण गरेका थिए । मुख्यमन्त्री कार्कीले वर्षाबाट हुने सम्भावित क्षति रोक्नका लागि सरोकारवाला निकायलाई निर्देशन समेत दिएको बताएका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार