नेभिगेशन
धरान विशेष

धरान मेघा हिमालयन कलेजद्वारा शैक्षिक प्रगतिको तथ्याङ्क सार्वजनिक 

धरान । धरान-१२ चतरा लाइनस्थित धरान मेघा हिमालयन कलेजले शैक्षिक उपलब्धीको तथ्याङ्क सार्वजनिक गरेको छ । सञ्चारकर्मीहरूसँगको भेटमा कलेजले प्रगतिको पछिल्लो तथ्याङ्क उपलब्ध गराएको हो । 

कलेजले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार २०८१ सालको प्लस टु परीक्षामा सहभागी ३६० विद्यार्थीमध्ये ८ जनाले 'ए प्लस', ९० जनाले 'ए', १४७ जनाले 'बी प्लस' र ११२ जनाले 'बी' ग्रेड प्राप्त गरेका छन् । चालु शैक्षिक सत्रमा भने ४१० जना विद्यार्थीले परीक्षा दिइरहेका छन् । 

विद्यालय तहमा ४००, प्लस टुमा १०५० र स्नातक तहमा २०० गरी कुल १६५० विद्यार्थी अध्ययनरत छन् । 

उत्कृष्ट नतिजाका साथै यहाँका विद्यार्थीहरूले विभिन्न प्रतिस्पर्धात्मक क्षेत्रमा समेत सफलता हासिल गरेको अध्यक्ष राजेश विद्रोहीले बताए । 

इन्जिनियरिङ प्रवेश परीक्षामा नेपालभर छैटौं स्थान हासिल गर्ने सम्पन्न सुवेदीदेखि चिकित्सा शास्त्रतर्फ छात्रवृत्तिमा नाम निकाल्न सफल सुवेक्षा श्रेष्ठलगायतका  सफल विद्यार्थीहरूको सूचीले कलेजको प्राज्ञिक स्तरलाई थप प्रष्ट पारेको विद्रोहीको भनाइ छ । 

Dharan-Megha-College-pro-BTVNepal-1778048553.jpg

कलेजको तथ्याङ्कअनुसार सुवेक्षाले चितवनमा एमबिबिएसका लागि पूर्ण छात्रवृत्ति प्राप्त गरेकी थिइन् । मेघा हिमालयनकै विद्यार्थी तेज दनुवारले पुलचोक इन्जिनियरिङ क्याम्पसमा छात्रवृत्तिमा नाम निकालेका छन् । नुमा लिम्बूले बिडिएसमा छात्रवृत्ति निकालेकी छन् । समृद्धि सुवेदीले बिएससी नर्सिङमा छात्रवृत्ति प्राप्त गरेकी छन् । जेनिशा श्रेष्ठले बिडिएसमा छात्रवृत्ति पाएकी छन् भने इसा वि.कले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा बिएससी नर्सिङमा छात्रवृत्ति प्राप्त गर्न सफल भएकी छन् । 

यस शिक्षालयले उत्कृष्ट शैक्षिक नतिजालाई निरन्तरता दिँदै आएको तथ्यले देखाएको विद्रोहीले बताए । 

कलेजले शैक्षिक सत्र २०८३ का लागि नयाँ भर्ना प्रक्रिया सुरु गरेको छ । पीजीदेखि स्नातक तहसम्मको शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेको यस संस्थाले विज्ञान, कम्प्युटर विज्ञान, व्यवस्थापन, कम्प्युटर व्यवस्थापन र होटल व्यवस्थापन जस्ता प्राविधिक तथा व्यवसायिक विषयहरूमा भर्ना खुला गरेको जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप धरान विशेष