नेभिगेशन
शिक्षा

धरान-१४ स्थित आइडियल स्कुलले विद्यालय निर्वाचन गर्ने

धरान । धरान-१४ स्थित आइडियल स्कुलले विद्यालय निर्वाचन गर्ने भएको छ । 

विद्यार्थीलाई निर्वाचनसम्बन्धी व्यवहारिक र प्रभावकारी सिकाइ गराउने उद्देश्यले चालु शैक्षिक सत्रका लागि विद्यालय निर्वाचन गर्ने निर्णय गरेको विद्यालय निर्वाचन अधिकृत दिवस राईले जानकारी दिए । 

निर्वाचनबाट विद्यालयका कप्तान, उपकप्तान, सदन कप्तान, उपकप्तान लगायत छनोट गरिने छ । निर्वाचन आगामी जेठ २८ गते बिहीबार हुनेछ ।

'विद्यालय स्तरमा निर्वाचनको विशेष महत्त्व हुन्छ । विद्यालय निर्वाचनले विद्यार्थीहरूलाई लोकतान्त्रिक मूल्य, नेतृत्व क्षमता, अनुशासन, सहकार्य तथा निर्णय गर्ने सीप सिकाउँछ तसर्थ यसबाट विद्यार्थीहरूले आफ्नो अधिकार र कर्तव्यबारे जानकारी प्राप्त गर्नुका साथै भविष्यमा जिम्मेवार नागरिक बन्ने अवसर पाउँछन्, निर्वाचन अधिकृत राईले भने, 'विद्यालयमा सक्षम र योग्य प्रतिनिधि चयन हुँदा विद्यार्थीहरूको आवाज व्यवस्थापनसम्म पुग्न सहज हुन्छ ।' 

निर्वाचनले समाजमा समानता र सहभागिताको भावना पनि विकास गर्ने कुरा विद्यार्थीलाई सिकाउनुपर्ने अधिकृत राई बताउँछन् । विद्यालय उमेरमै बालबालिकाले प्रत्येक मतको समान मूल्यका विषयमा जानकारी गराउनुपर्ने उनको भनाइ छ । 

विद्यालयले योग्य उम्मेदवारको छनोट, सुशासनको स्थापना र समाजको समग्र विकासका लागि निर्वाचन अत्यन्त आवश्यक हुने कुरा विद्यार्थीलाई सिकाउने लक्ष्य लिएको विद्यालय निर्वाचन अधिकृत राईले बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप शिक्षा