नेभिगेशन
खेलकुद

ब्रदर्श अनलाइन मिडिया हबले विद्यालयस्तरीय ब्रेन ब्याटल हाजिरी जवाफ प्रतियोगिता आयोजना गर्ने

धरान । धरानबाट सञ्चालित ब्रदर्श अनलाइन मिडिया हबले विद्यालयस्तरीय ब्रेन ब्याटल हाजिरी जवाफ प्रतियोगिता आयोजना गर्ने भएको छ । 

प्रतियोगिता शनिबारदेखि आयोजना हुने भएको छ । धरान-८ स्थित शहीद स्मृति विद्यालयमा आयोजना हुने प्रतियोगितामा सुनसरीका २० विद्यालय सहभागी हुने ब्रदर्श अनलाइन मिडिया हब प्रालिका अध्यक्ष विरेन्द्र थापाले जानकारी दिए ।

 ‘ब्रेन ब्याटल’ (सिजन-१) हाजिरीजवाफ प्रतियोगिताले  शैक्षिक र बौद्धिक विकासलाई टेवा पुर्‍याउने उद्देश्यले आयोजना गरिएको अध्यक्ष थापाले बताए ।

प्रतियोगिताका लागि सहभागी विद्यालयहरूलाई विभिन्न समूहमा विभाजन गरी तालिका सार्वजनिक गरिएको छ ।  

जेठ २३ गते शनिबार बिहान ९ बजे सुरु हुने पहिलो समूहमा ज्ञानोदय सेकेन्डरी इङ्लिस बोर्डिङ स्कुल, एकवा सेकेन्डरी इङ्लिस स्कुल, श्री पञ्चकन्या सेकेन्डरी स्कुल, नवोदय विद्या मन्दिर इङ्लिस बोर्डिङ स्कुल र सिद्धार्थ शिशु सदन रहेका छन् ।

त्यस्तै, सोही दिन दिउँसो ३ बजे हुने दोस्रो समूहको प्रतिस्पर्धामा एभरेस्ट चिल्ड्रेन होम सेकेन्डरी बोर्डिङ स्कुल, विजयपूर सेकेन्डरी स्कुल, धरान आदर्श बोर्डिङ सेकेन्डरी स्कुल, श्री भानु स्मृति सेकेन्डरी स्कुल र श्री पब्लिक हाई स्कुल सहभागी हुनेछन् ।  

प्रतियोगिताको दोस्रो दिन अर्थात जेठ २४ गते आइतबार बिहान ९ बजे तेस्रो समूहअन्तर्गत श्री सहिद स्मृति सेकेन्डरी स्कुल, जुनियर पायनियर्स स्कुल, अरनिको मेमोरियल बोर्डिङ स्कुल, सुनखरी एकेडेमी र धरान मोडेल स्कुलबीच प्रतिस्पर्धा हुनेछ ।

अन्तिम समूहको प्रतियोगिता सोही दिन दिउँसो ३ बजे सञ्चालन हुनेछ जसमा हिबिस्कस इङ्लिस बोर्डिङ स्कुल, धरान स्कलर्स एकेडेमी, डिपोट हायर सेकेन्डरी स्कुल, आरम्भ विद्या मन्दिर र पञ्चायन विद्या मन्दिरले भाग लिनेछन् । 

हाजिरी जवाफ प्रतियोगिताको ब्रदर्श अनलाइन मिडिया हबद्वारा सञ्चालित बिटिभी नेपाल डटकमले दृश्य छायाङ्कन गरी प्रसारण गर्नेछ भने, अनलाइन मिडियामा समाचार सम्प्रेषण गर्नेछ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद