नेभिगेशन
शिक्षा

वडाध्यक्ष र हिबिस्कस बाल क्लबका पदाधिकारीबीच अन्तर्कृया

धरान । धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलका बालबालिकाले वडाध्यक्ष नरेशकुमार इवारमलाई वडाको बालमैत्री गतिविधि बारे प्रश्न राखे । 

वडाध्यक्ष इवारमले पनि बालबालिकाको हक, अधिकार र समाजमा उनीहरूको भूमिका बताए । बालबालिकाको नेतृत्व र क्षमता विकास गर्ने महत्वपूर्ण माध्यम बाल क्लबहरू भएको वडाध्यक्ष इवारमको भनाइ थियो  । उनले स्थानीय सरकारको प्रतिनिधि र वडावासीको नजिकको साथी वडा कार्यालय भएकोले बालबालिकाको क्षेत्रमा आवश्यक सहयोग गर्ने बताए । 

बुधबार हिबिस्कस बाल क्लबका नवनिर्वाचित समितिका पदाधिकारी र वडा अध्यक्षबीच साक्षात्कार र अन्तर्कृयात्मक कार्यक्रम आयोजना गरियो । 

अन्तर्कृयामा वडाध्यक्ष इवारमले बालबालिकाहरूलाई स्थानीय सरकारसँग प्रत्यक्ष साक्षात्कार गराइनु साथै उनीहरूमा नागरिक चेतना, नेतृत्व क्षमता र सामाजिक उत्तरदायित्वको भावना अभिवृद्धि गराउनु महत्वपूर्ण विषय भएको बताए । 

1000213616-1781107024.jpg
उनले बालबालिकामा नेतृत्व विकास, अनुशासन र सामाजिक उत्तरदायित्वका विषयमा मन्तव्य राखे । 

कार्यक्रममा हिबिस्कस बाल क्लबका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूले आफ्नो परिचय प्रस्तुत गरे । उनीहरूले विद्यालय तथा समुदायमा बालमैत्री गतिविधि सञ्चालन गर्ने प्रतिबद्धता जनाए । 

विद्यालय र वडा कार्यालयबीचको सहकार्यमा आयोजित अन्तर्कृयाले विद्यार्थीमा बालअधिकार बारे ज्ञान र स्थानीय तहले गर्ने कामका बारे जानकारी भएको स्कुलका निर्देशक गंगाराम राईले बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप शिक्षा