नेभिगेशन
शिक्षा

'साउथ इण्डियन थिम' मा प्राइम भिजनका विद्यार्थीले पस्किए - इडली, साम्बर, डोसा

धरान । प्राइम भिजन हस्पिटालिटी म्यानेजमेन्ट कलेजले सोमबार 'साउथ इण्डियन थिम'मा आगन्तुक अभिभावकहरूलाई स्वागत सत्कार गरेको छ । 

दक्षिण भारतीय सज्जामा कलेज परिसरलाई सजिसजावट गरेका विद्यार्थीले आगन्तुकलाई स्वागत गर्दै 'कोकोनटमा लस्सी मिसाएर' बनाइएको पेय पदार्थले स्वागत गरे । 

साउथ इण्डियन थिममा प्राइम भिजनका विद्यार्थीले दक्षिण भारतीय परिकारहरू इडली, साम्बर, डोसा, भेज बिर्यानी, नरिवलको चट्नी, पुदिनाको चट्नीलगायत पस्किए । 

प्रयोगात्मक परीक्षाअन्तर्गत विद्यार्थीले सांस्कृतिक भेषभूषासहित नृत्य प्रदर्शन गरे । अभिभावक र आगन्तुकलाई दक्षिण भारतीय संस्कार, संस्कृति, भेषभूषा र परिकार प्रस्तुत गरेका विद्यार्थीले दक्षिण भारतीय विषयका सामान्य ज्ञानका विषयमा प्रतियोगितासमेत आयोजना गरे ।

1000226839-1786355617.jpg
यसअघि जापानिज थिममा विद्यार्थीले जापानी संस्कृति र परिकार पस्किएको कलेजका अध्यक्ष अनिल श्रेष्ठले बताए । विद्यार्थीले प्रयोगात्मक परीक्षाअन्तर्गत यस्ता कार्यक्रमको आयोजना गर्दै आएको अध्यक्ष श्रेष्ठले बताए । 

धरानस्थित प्राइम भिजन इन्टरनेशनल कलेजले विद्यार्थीहरूलाई 'प्लस-टु'सँगै एड्भान्स डिप्लोमा इन हस्पिटालिटी म्यानेजमेन्ट (एडिएचम) र एड्भान्स डिप्लोमा इन इन्फर्मेशन टेक्नोलोजी (एडिआईटी) अध्यापन गर्दै आएको छ । डुअल डिग्री कार्यक्रममार्फत विद्यार्थीले विद्यालय तहको अध्ययनसँगै अन्तर्राष्ट्रिय स्तरको व्यावसायिक शिक्षा प्राप्त गर्ने अवसर पाउँदै आएको निर्देशक श्रेष्ठले बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप शिक्षा