नेभिगेशन
शिक्षा

हिविस्कसका विद्यार्थीद्वारा रसुवा बाढीपीडितलाई सहयोग

धरान । हिविस्कस इङ्लिस बोर्डिङ स्कुल धरान–१५ का विद्यार्थीहरूले एक दिनको दिवा खाजाका लागि छुट्याइएको रकम बचाएर रसुवा बाढीपीडितका लागि सहयोग गरेका छन् ।

विद्यार्थीहरूले बुधबारको दिवा खाजाको रकम बचाएर रसुवाका बाढीपीडितलाई सहयोग गरेका हुन् ।

हिविस्कस बाल क्लबको आयोजनामा गरिएको सहयोग संकलन अभियानबाट २० हजार ६ सय ९० रुपैयाँ संकलन भएको क्लबका पूर्वअध्यक्ष प्रज्ञान राईले जानकारी दिए ।

एक दिनको खाजाको रकम बचाउँदा समस्यामा परेका व्यक्तिलाई केही मात्रामा भए पनि सहयोग गर्न सकिन्छ भन्ने उद्देश्यले सबै विद्यार्थीबाट रकम संकलन गरिएको उनले बताए ।
संकलित रकम क्लबका पदाधिकारीहरूले विद्यालयका प्रबन्ध निर्देशक गंगाराम राईलाई हस्तान्तरण गरेका थिए ।

निर्देशक राईले विद्यार्थीहरूले संकलन गरेको रकममा शिक्षक तथा कर्मचारीका तर्फबाट एक दिनको तलबबापत २२ हजार ५ सय ८० रुपैयाँ र विद्यालयका तर्फबाट २७ हजार ४ सय २० रुपैयाँ थप गरी प्रधानमन्त्री राहत कोषमा जम्मा गरिने जानकारी दिए ।

समस्यामा परेको बेला एक नागरिकले अर्को नागरिकलाई सहयोग गर्नु आफ्नो कर्तव्य भएको बताउँदै उनले सबैलाई आफ्नो ठाउँबाट सक्दो सहयोग गर्न आग्रह गरे ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप शिक्षा

धमाधम बन्दैछ, पब्लिक हाइस्कुल