नेभिगेशन
शिक्षा

नवआगन्तुक विद्यार्थीलाई धरान नोबेल कलेजको स्वागत

धरान । धरानस्थित धरान नोबेल कलेज (उच्च माध्यमिक) ले नयाँ शैक्षिक सत्रमा भर्ना भएका कक्षा ११ का नवआगन्तुक विद्यार्थीलाई स्वागत गरेको छ । 

आइतबार धरानस्थित एक होटलको सभाकक्षमा आयोजित स्वागत कार्यक्रममा विद्यार्थीहरूले गीत, सङ्गीत तथा नृत्य प्रस्तुत गरे । कार्यक्रममा कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई खादा लगाएर स्वागत तथा सम्मान गरिएको थियो । 

1000234055-1788706416.jpg
स्वागत समारोहमा विद्यार्थीहरूले विभिन्न सांस्कृतिक प्रस्तुति दिएका थिए । गीत, सङ्गीत र नृत्य प्रस्तुतिले कार्यक्रमलाई थप मनोरञ्जनात्मक बनाएको थियो । 

कार्यक्रममा कक्षा ११ का विद्यार्थी अभिलाषा राई र सेबिका लिम्बूले विद्यार्थीका तर्फबाट मन्तव्य राखेका थिए । त्यसैगरी अभिभावकका तर्फबाट अधिवक्ता विनोद सुवेदीले सम्बोधन गरेका थिए ।

कार्यक्रमको उद्घाटन धरान उपमहानगरपालिकाका कार्यवहाक नगर प्रमुख अइन्द्रविक्रम बेघाले पानसमा दीप प्रज्वलन गरेर गरेका थिए । कार्यक्रममा कलेजका अध्यक्ष तथा शैक्षिक निर्देशक डा. मोहनकुमार पोखरेलको अध्यक्षता रहेको थियो ।

कलेजका प्रशासनिक निर्देशक राम शोभित यादवले कलेजको परिचय प्रस्तुत गरेका थिए ।

1000234049-1788706460.jpg
स्वागत कार्यक्रममा धरान उपमहानगरपालिका वडा नम्बर ११, १२, १५, १६ र १८ का जनप्रतिनिधि तथा शिक्षा क्षेत्रसँग सम्बन्धित व्यक्तित्वले सम्बोधन गरेका थिए । कार्यक्रममा ब्रमज्ञ  भट्टराई, मुरारी भट्टराईलगायतले विद्यार्थीलाई शुभकामना दिए । कार्यक्रममा कलेजका प्राचार्य तथा नोबेल एकेडेमीका प्रतिनिधि रविन न्यौपानेले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन मणि राईले गरेका थिए ।

कार्यक्रममा धरान उपमहानगरपालिकाका विभिन्न वडाका अध्यक्ष, शिक्षा विकास समितिका सदस्य, शिक्षाकर्मी, सञ्चारकर्मी, सामाजिक अभियन्ता तथा कलेज र नोबेल एकेडेमीका शिक्षक कर्मचारी तथा अभिभावकको सहभागिता थियो ।

1000234052-1788706552.jpg
1000234051-1788706585.jpg
1000234050-1788706614.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप शिक्षा

धमाधम बन्दैछ, पब्लिक हाइस्कुल