नेभिगेशन
शिक्षा

बाढीपहिरो प्रभावितका लागि सगरमाथा स्कुलले दियो २ लाख १ हजार रुपैयाँ

विराटनगर । बाढीपहिरोबाट प्रभावित परिवारको राहत तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउन विराटनगरस्थित सगरमाथा माध्यमिक विद्यालयले २ लाख १ हजार रुपैयाँ सहयोग गरेको छ ।

विद्यालयका शिक्षक, विद्यार्थी र कर्मचारीबाट संकलित उक्त रकम सोमबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो । भोटेकोशी नदीमा आएको बाढी तथा रसुवा, नुवाकोट र धादिङलगायतका जिल्लामा विपद्बाट प्रभावित नागरिकको सहयोगका लागि विद्यालयले सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम प्रदान गरेको जनाएको छ ।

विद्यालयका प्रधानाध्यापक त्रिलोचन गौतमले प्राकृतिक विपत्तिको कठिन घडीमा प्रभावित नागरिकलाई सहयोग गर्नु निजी क्षेत्रको पनि दायित्व भएको बताए ।

“विपद्को समयमा निजी क्षेत्र, विभिन्न सङ्घसंस्था र आम नागरिक एकजुट भएर प्रभावित समुदायको घाउमा मलम लगाउनुपर्छ,” उनले भने । विद्यालयले यसअघि पनि विभिन्न सामाजिक कार्य तथा दैवी विपत्तिका बेला सहयोग गर्दै आएको प्रधानाध्यापक गौतमले जानकारी दिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप शिक्षा