नेभिगेशन
शिक्षा

नवआगन्तुक विद्यार्थीलाई प्राइम भिजनको स्वागत सम्मान

धरान । धरानस्थित प्राइम भिजन इन्टरनेश्नल कलेजले नव आगन्तुक विद्यार्थीलाई स्वागत सम्मान गरेको छ । 

धरानस्थित एक होटलमा औपचारिक कार्यक्रमको आयोजना गर्दै प्राइमभिजनले प्लस-टु'सँगै एड्भान्स डिप्लोमा इन हस्पिटालिटी म्यानेजमेन्ट (एडिएचम) र एड्भान्स डिप्लोमा इन इन्फर्मेशन टेक्नोलोजी (एडिआईटी) अध्ययनका लागि पहिलो वर्षमा आएका विद्यार्थीलाई स्वागत गरिएको हो ।

कलेजका सिनियर विद्यार्थीहरूले नवआगन्तुक विद्यार्थीलाई साङ्गीतिक, सांस्कृतिक कार्यक्रमसँगै गीत, सङ्गीतद्वारा स्वागत गरेको कलेजका निर्देशक दुर्गा सुवेदीले जानकारी दिए । 

विद्यार्थीले मनोरञ्जनात्मक कार्यक्रमसँगै हाजिरीजवाफ प्रतियोगितालगायतका कार्यक्रम आयोजना गरेका थिए । 

स्वागत कार्यक्रमका अवसरमा विद्यार्थीका तर्फबाट मौसमी गुरुङले स्वागत मन्तव्य दिएकी थिइन् । त्यस्तै कलेजका तर्फबाट एकेडेमी कोर्डिनेटर करुणा तामाङले आगन्तुक अतिथि र अभिभावकलाई स्वागत गरिन् । सभाध्यक्षता कलेजका निर्देशक दुर्गा सुवेदीले गरेका थिए । 

प्राइम भिजन इन्टरनेशनल कलेजले विद्यार्थीहरूलाई 'प्लस-टु'सँगै एड्भान्स डिप्लोमा इन हस्पिटालिटी म्यानेजमेन्ट (एडिएचम) र एड्भान्स डिप्लोमा इन इन्फर्मेशन टेक्नोलोजी (एडिआईटी) अध्यापन गर्दै आएको छ । डुअल डिग्री कार्यक्रममार्फत विद्यार्थीले विद्यालय तहको अध्ययनसँगै अन्तर्राष्ट्रिय स्तरको व्यावसायिक शिक्षा प्राप्त गर्ने अवसर प्रदान गर्दै आएको कलेजले जनाएको छ । 

कलेजले हाल १ सय ५० जना विद्यार्थीलाई अध्यापन गराउँदै आएको चिफ मार्केटिङ अफिसर विशाल शङ्करले जानकारी दिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप शिक्षा