नेभिगेशन
शिक्षा

हिबिस्कस बाल क्लबका विद्यार्थीद्वारा मन्दिर परिसर सरसफाइ

धरान । धरान–१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलका विद्यार्थीले धरान–८ स्थित शनि मन्दिर र विश्वकर्मा मन्दिर परिसरमा सरसफाइ गरेका छन् ।

हिबिस्कस बाल क्लबको मासिक सरसफाइ अभियानअन्तर्गत मंगलबार विद्यार्थीले मन्दिर परिसरमा सरसफाइ गरेका हुन् । विश्वकर्मा पूजा भक्तजनको चहलपहल बढ्ने भएकाले पूजा अगावै मन्दिर परिसर सफा गरिएको विद्यालयका निर्देशक गंगराम कुलुङ राईले बताए ।

क्लबले यसअघि पनि सडक तथा सार्वजनिक स्थानमा सरसफाइ गर्दै आएको छ । विद्यार्थीले खाजा खर्चबाट बचाएको रकम संकलन गरी विभिन्न मानवीय सेवाका कामसमेत गर्दै आएको विद्यालयले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्