नेभिगेशन
खेलकुद

मेजर श्रवणकुमार बास्केटबलमा शनिबार चार खेल

धरान । पाँचौं अन्तर विद्यालय मेजर श्रवणकुमार लिम्बू स्मृति  बास्केटबल रनिङ कप प्रतियोगिताअन्तर्गत शनिबार आयोजित चार खेलमा सुनाखरी एकेडेमी, प्रभात स्कुल, प्याराडाइज स्कुल र चिल्ड्रेन्स एकेडेमी विजयी भएका छन्  ।  

प्रतियोगिताको पहिलो खेलमा सुनाखरी एकाडेमीले युनाइटेड गोर्खा एकाडेमीलाई ७–५, ६–६, ४–२ र ५–२ गरी २२–१५ अङ्कले पराजित गरेको थियो । खेलमा सुनाखरीका वसन्त राई म्यान अफ द म्याच घोषित भएका थिए । दोस्रो खेलमा प्रभात इङ्लिस बोर्डिङ स्कुलले समिट सेकेण्डरी स्कुललाई ६–०, ७–८, १३–११ र ४–५ गरी  ३०–२४ अङ्कले पराजित गरेको थियो । यो खेलमा प्रभातका साइमान वि.के. म्यान अफ द म्याच भए ।  

प्रतियोगिताको तेस्रो खेलमा प्याराडाइज बोर्डिङ स्कुल, तरहरालेले माउन्ट हर्मन एकाडेमी धरानलाई २५–७, ६–२, १७–० र ७–२ गरी ५५–९अङ्कले पराजित गर्‍यो । उक्त खेलमा प्याराडाइजका रितिक साह म्यान अफ द म्याच भएका थिए ।  प्रतियोगिताको अन्तिम खेलमा चिल्ड्रेन्स एकाडेमी धरानले इस्ट होराइजन झापालाई ७–२, ७–४, ९–६ र ७–६ गरी ३०–१७ अङ्कले पराजित गर्‍यो । खेलमा चिल्ड्रेन्स एकाडेमीका प्रकुस तामाङ म्यान अफ द म्याच भए ।   
     
कक्षा १० सम्मका विद्यार्थीलाई लक्षित गरिएको यो प्रतियोगितामा मोरङ, सुनसरी र झापाका गरी १६ विद्यालयलले भाग लिएको छ । प्रतियोगितामा विजेता टोलीले नगद २० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले १० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । त्यसैगरी प्रतियोगिताका उत्कृष्ट खेलाडी, उच्च स्कोरर र राइजिङ प्लेयरलाई पनि ट्रफी तथा प्रमाणपत्र पाउनेछन् । 

यो प्रतियोगिता डिपो स्कुलका पूर्व अध्यक्ष तथा डिपोट सार्वजनिक शैक्षिक गुठीका संस्थापक अध्यक्ष स्वर्गीय मेजर श्रवणकुमार लिम्बूको स्मृतिमा आयोजना हुँदै आएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप खेलकुद